लामिछाने परिवारलाई एलआईसी नेपालको मृत्यु दावी भुक्तानी

पाेखरा | असोज ७, २०७९

लामिछाने परिवारलाई एलआईसी नेपालको मृत्यु दावी भुक्तानी

पोखरा :  पोखरा महानगरपालिका वडा नं. २७ निवासी स्वर्गिय बलराम लामिछानेका परिवारलाई एलआईसी नेपाल लिमिटेडले मृत्यु दावी वापतको चेक हस्तान्तरण गरेको छ । 

 

स्वर्गिय लामिछानेकी पत्नी गोमा कुमारी लामिछानेलाई पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा र एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले विमा वापत दुई लाख ७२ हजार ८ सय रुपैयाको चेक हस्तान्तरण गरेका हुन । 

 

मृत्यूदावी चेक हस्तान्तरण गर्दै, वडाध्यक्ष थापाले लामिछानेले परिवारले असल अभिभावक गुमाएकोमा दुःख व्यक्त गर्दै, मृत्यू दावी वापतको रकमले परिवारलाई थोरै भएपनि आर्थिक सुरक्षा प्रदान गरेको बताए । 

 

अध्यक्ष थापाले न्यून र मध्यम बर्गिय परिवारमा विमाको पहुच पुग्नु पर्ने उल्लेख गर्दै, विमा सचेतना कार्यक्रम संचालन गर्न जोड दिए । 

 

एलआईसी नेपाल लेखनाथ शाखाका प्रमुख सुरज भट्टले स्वर्गिय लामिछानेको परिवारमा अभिभावक नहुँदाको पिडामा आर्थिक सुरक्षणका रुपमा विमाको रकमले सानो भएपनि योगदान दिएको बताए । उनले विमाको विषयमा गलत वुझाई हुँदा अझै पनि ठुलो संख्या  विमाको पहुँच भन्दा बाहिर रहेको बताए । 

 

लामिछानेको पोखरा महानगरपालिकामा नायव सुब्बाका रुपमा कार्यरत रहँदा गत माघमा निधन भएको थियो । साविक लेखनाथ नगरपालिकाले लामिछानेको दुई लाख रुपैया विमाङ्कको दश बर्षे सावधिक जीवन बिमा गरिदिएको थियो । लामिछानेलेको सात किस्ता रकम तिरेपछि  निधन भएको थियो । 
 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्